सदस्य सुरक्षा योजना अन्तरगत देवी सेन ठकुरीको परिवारलाई रु ४० हजार रकम हस्तान्तरण

0

बर्दघाट -साना किसान कृषि सहकारी संस्था लिमिटेड बर्दघाट ४ ले सदस्य सुरक्षा योजना अन्तरगत देवी सेन ठकुरीको परिवारलाई रु ४० हजार रकम हस्तान्तरण गरिएको छ । कार्तिक २० गते असामायिक निधन भएका ठकुरीका परिवारलाई संस्थाका अध्यक्ष पशुपति न्यौपानेले सुरक्षा योजना अन्तरगतको रकम हस्तान्तरण गर्नुभएको थियो । देवीका छोरा रविसेन ठकुरी हकवाला रहेको सो रकम श्रीमान अर्जुन सेन ठकुरीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाद्धारा गठित बर्दघाट ४ को अन्तरसमुह ४ क समुह नम्बर ८५ की सदस्य देवीको निधनमा संस्थाले समबेदना समेत प्रकट गरेको बताइएको छ ।

You might also like