अबैध मालसमान नियन्त्रणमा

0

सहबान अन्सारी

नवलपरासी ८ भदौ :
पश्चिम नवलपरासीको जिल्लाको बिभिन्न स्थानबाट करिब १ लाख २२ हजार ४ सय ७० मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको करिब २८ हजार मुल्य बराबरको ८ बोरामा मटर ( केराउ) १० हजार मुल्य बराबरको छोहाडा र ३८ हजार ४ सय मुल्य बराबरको २४ सय फेयर लब्ली र भारतबाट अबैधरुपमा नेपालतर्फ ल्याउदै गरेको २५ हजार ७० मुल्य बराबरको मोटरसाईकलको बिभिन्न पार्टपुर्जा,७५ किलो चिनी १ थान ग्यासचुलो र ४ थान प्लास्टिक डोरी समेत सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं। ५ चमनटोलामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको २१ हजार मुल्य बराबरको चिनी र ग्याँसकुकरमा प्रयोग हुने बिभिन्न सामानहरु प्रहरी चौकी गेर्मीले नियन्त्रणा लिएको हो ।
नियन्त्रणमा लिइएको अबैध मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

You might also like