घाँसका बिउ बितरण

0

नवलपरासी – बर्दघाट नगरपालिका पशु सेवा शाखाले घाँसको उन्नत बिउ बितरण शुरु गरेको छ । शाखाले पशुपालक कृषकका लागि ५० प्रतिशत अनुदानमा घाँसका बिउ वितरण गरेको हो ।
नगरले बर्षीम जातको उन्नत बिउ बितरण गरेको पशुसेवा शाखा प्रमुख भरत लम्सालले बताउनुभयो । प्रतिकेजी २ सय ४४ रुपैया पर्नेमा ५० प्रतिशत अनुदान दिइएको बताइएको छ । १८ क्विन्टल बिउ वितरण शाखाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

You might also like