नवलपरासीको अरुणखोलामा ट्रकले ठक्कर दिंदा पुल भासियो;

0

नवलपरासी, २९ श्रावण अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण भासिएको छ ।पूर्वी नवलपरासीको अरुणखोला पुल भासिएका कारण ठूला सवारी साधन आवतजातवमा रोकिएको छ भने साना सवारी साधनमा मात्र आवतजावत गर्न दिइएको छ ।
बुधबार विहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिदा पुलको पूर्वदक्षिणको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।


अधिकारीका अनु्सार ट्रक हटाउन पहल भईरहेको छ भने सडक डिभिजन कार्यालय, स्थानीय निकायसँग समन्वय गरी वैकल्पिक बाटो खुलाउने प्रयास भईरहेको छ ।अहिले बाटो अवरुद्ध हुँदा सयौं सवारी साधन तथा यात्रुहरु बाटोमा नै अपलपत्र परेको छ ।

You might also like