राईनो गोल्डकप : उपहार गोलमार्फत पुलिस उपाधि नजिक

0
कावासोती  २७ कात्तिक – नेपाल पुलिस क्लब उपहार गोलमार्फत राईनो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगंज युथ क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको अतिरिक्त समयमा वीरगंजका सुशील पटेलले आत्मघाती गोल गरेपछि पुलिस १–० ले विजयी भयो । दोश्रो सेमिफाइनलमा बुधबार च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी बिजेताले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।

 

You might also like