आन्तरिक तथ बाह्य पर्टयकका लागि माकरमा सुबिधा सम्पन्न रिर्साेट बन्दै

मगर आदिकवि स्व. रेखबहादुर थापाका छोरा शिव थापाको लगानी

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट १ माकर मोतीबस्तीमा आन्तरिक तथा बाह्य. पर्यटक प्रबद्र्धनका लागि सुबिधा सम्पन्न रिर्साेट निर्माणको कार्य भइरहेको छ । उक्त त्रिवेणी रिर्सोट एण्ड फन पार्क स्थानीय युवा ब्यवसायी एंव मगर आदिकवि स्व. रेखबहादुर थापाका छोरा शिव थापाको लगानीमा निर्माण भइरहेको हो ।करिब १२ करोड ५० लाखमा पुरा हुने सोे सुबिधा सम्पन्न फन पार्कमा हाल भने ६ करोड ५० लाखको संरचना बनाइनेछ । बाँकी संरचना बनाउदै जाने प्राबिधिक तयारी सहित २ बिघामा निर्माण कार्य भइरहेको उहाँले जानकारी file photo

दिनुभयो । मुख्य गरी आन्तरिक पर्यटन प्रबद्र्धनका लागि यो पार्क सहितको रिर्सोट बनाउन लागिएको उहाँले बताउनुभयो ।
अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबी र इराकमा बैदेशिक रोजगारीको क्रममा सिकेका अनुभवबाट आफ्नै देशमा केही उद्यम गर्ने इच्छाका कारण यो योजना बनाएको उहाँको भनाई थियो । मैले पोखरामा समेत होटल संचालन गरे – उहाँले भन्नुभयो – पर्यटकीय स्थलमा गरेका सबै प्रबिधि र अनुभव यसमा देखाउने मन छ ।
त्यस्तै लुम्बिनी आउने पर्यटक एक दिन त्रिवेणी समेत आउन र यहाँको पर्यटन प्रर्बद्धन होस भन्ने देखेर रिर्साेट बनाउन लागेको उहाँले बताउनुभयो । दिनहुँ ४५ जना .श्रमिक लगाएर रिर्सोटको काम भइरहेको छ । फागुन महिना देखि संचालनमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।पार्कमा स्व. कवि रेख बहादुर र गिता थापाको शालिक बुद्ध मुर्ति, शिव पार्वती मुर्ति समेत रहने छ ।
पार्कमा १ हजार क्षमता सेमिनारहल र दुईवटा स्वमिङ पुल र रिर्साेटको बाहिरी बाट ब्यायमका लागि दौडन मिल्ने बाटो खेलका कर्बड हल र बक्सिङ कोर्ट समेत रहने उहाँले बताउनुभयो । पार्कमा बालबालिकाका लागि छुट्टै स्विमिङ पुलका साथै रमाइलो मनोरञ्जनात्मक खेल समेत हुने उहाँको भनाई छ । आन्तरिक पर्यटन प्रमुख बाह्यलाई बस्न खानका लागि रेष्टुरेन्ट लज सहितको कफि र आइसक्रिम हाउसको छुटटै प्रबन्ध हुने उहाँले बताउनुभयो । एउटा प्रयास गरेको छु यो प्रयासबाट पर्यटन प्रर्बद्धन र रोजगारी समेत सिर्जना हुन्छ – थापाले स्थानीयपत्रलाई भन्नुभयो – यसमा सबैको साथ चाहिन्छ ।

You might also like