पशुसेवाकर्मी पौडेललाई सम्मान

0

बर्दघाट – नवलपरासीको बर्दघाट वडा नम्बर ४ का पशुसेवा प्राविधिक रामप्रसाद पौडेल सरकारीस्तरबाट सम्मानित हुनुभएको छ ।पौडेललाई नेपाल सरकार पशुपन्छी बिभागले सम्मान विहीवार गरेको हो । निजीक्षेत्रबाट पशुसेवामा अग्रणी भुमिका खेलेको भन्दै निजी पशुसेवाकर्मी हरुका तर्फबाट पौडेल सम्मानित हुनुभएको थियो ।

उहाँलाई बिभागको स्थापनाको दिवस पारेर कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी र मन्त्रालयका सचिव युवकध्वज जि.सीले प्रमाणपत्र र टोपी लगाइदिएर सम्मान गर्नुभएको जनाइएको छ । पौडेल बिगत ३५ बर्षदेखि पशुसेवामा क्रियाशिल हुनुहुन्छ । सम्मान पछि पौडेलले काम गरेपछि ढिलै भएपनि त्यसको मुल्याँकन हुने भएकाले पशुसेवाको क्षेत्रमा लाग्न सम्मानले थप प्रेरणा दिएको बताउनुभयो ।

You might also like