विभिन्न पार्टी परित्याग गरि ७३ जना नेपाली काङ्ग्रेसमा प्रवेश

0

उमेश बि.क /नवलपरासी , ६ असोज

नवलपरासीका ७३ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिकाको आयोजनामा सुस्ता २,कुडियामा आयोजित कार्यकर्ता भेट्घाट तथा पार्टी प्रवेश कार्यक्रममा ७३ जना कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन। पार्टीमा प्रवेश गर्ने ती कार्यकर्ताहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सान्सद देबेन्द्रराज कंडेलले अबिर माला लगाइ प्रवेश गराएका हुन।

राजकुमार कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सासद देवेन्द्र कण्डेल, बिशिस्ट अतिथि जिल्ला सभापति बिष्णु पौडेल, अतिथि नेकाका जिल्ला सह-सचिब एवम जिसस प्रमुख शिव शन्कर राय, जिल्ला सद्स्य,केन्द्रिय बिभाग सदस्य लगायत नेता कार्यकर्ताको नव प्रवेशीहरुलाइ स्वागत गरेका हुन।

You might also like