सरावल गाउँपालिकाका किसानलाई ३० प्रतिशत अनुदानमा धानकाे बीउ उपलब्ध गराइने

0

उमेश बि.क / नवलपरासी ,१९ बैशाख

नवलपरासीको सरावल गाउँपालिकाका किसानलाई ३० प्रतिशत अनुदानमा धानकाे बीउ उपलब्ध गराइने भएको छ ।
गाउँपालिकाका सवै किसानको माग बमोजिम गाउँपालिकाले उन्नत जातको धानको बिउ सहकारी मार्फत उपलब्ध गराउने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनुभयो ।


किसानलाई सहज वातावरणमा खेतीपाति कार्यलाई सघाउ पुर्‍याउने उद्देश्यले धानकाे बीउ विभिन्न सहकारी मार्फत उपलब्ध गराइने अध्यक्ष चाैधरीले बताउनुभएकाे हाे ।
लकडाउनकाे कारण अार्थिक काराेबारमा मन्दि अाएकाे हुनाले धानको उत्पादन बढाउन गाउँपालिकाले यो वर्ष किसानहरुलाई धानको उन्नत बिउमा ३० प्रतिशत अनुदान दिने उहाँले बताउनुभयो ।
उन्नत जातको बिउ लगाएर खेती गर्दा धानको उत्पादनमा बृद्धि हुने भएकाले धान खेतीमा किसानलाई प्रोत्साहन गर्नका लागि बिउमा अनुदान दिन लागेको अध्यक्ष चाैधरीले बताउनुभएकाे हाे।

You might also like