अखिल (क्रान्तिकारी) नवलपरासीको बिद्यार्थी जागरण अभियान

0

सौगात बस्नेत नवलपरासी – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बिद्यार्थी जागरण अभियान शुरु गरेको छ । आइतवार बर्दघाटमा सम्पन्न क्रान्तिकारीको जिल्ला कार्यालयको बैठकले जिल्लाभर बिद्यार्थी जागरण अभियान संचालन गर्ने निर्णयसंगै अभियान तीब्र बनाइएको हो ।


बैठक जिल्ला संयोजक रमेश पाण्डेको अध्यक्षता अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा प्रदेश संयोजक महेश श्रेष्ठको प्रमुख आतिथ्यता बिद्यार्थी फ्रयाक्र्सन ईञ्चार्ज समर र क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी चोलाको आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यस्तै अभियान अन्तरगत जिल्लाका ६ वटै क्याम्पस तथा माविहरुमा बिद्यार्थी जागरण अभियान संगै शैक्षिक बिकृति बिसंगति बिरुद्ध संर्घष गर्ने संयोजक पाण्डेयले बताउनुभयो । अभियान अन्तरगत जिल्लाका एक हजार सदस्यता बितरण समेत गरिने जनाइएको छ । अभियानले आइतवार दिब्यज्योति बहुमुखी क्याम्पसमा बिद्यार्थी जागरण कार्यक्रम गरेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले अखिल क्रान्तिकारीका बारेमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा केन्द्रीय सचिव तथा प्रदेश संयोजक महेश श्रेष्ठ र संयोजक रमेश पाण्डेसहितका बिद्यार्थी नेताहरुले बिद्यार्थीका जिज्ञाशा बारे प्रष्ट पार्दै पार्नुभएको थियो । अभियानमा १५ सदस्सीय मुल ईकाई समिति समेत चयन गरिएको थियो ।

You might also like