दुई पत्रकारसहित कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण

0

मंगलवार कोरोना पुष्टि भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति लगायतका क्रियाशिल पत्रकार रहेका छन् । यससंगै जिल्लामा ६ पत्रकार संक्रमित भएका छन् ।

अन्य कोरोना संक्रमण हुनेमा २ जना सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन् ।

यस्तै, किराना पसल सञ्चालक एक, मेडीकल पसलका दुई, सशस्त्र प्रहरीका एक, ईन्जिनियर एक, महाराजगञ्ज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

गत भदौ ३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।

News24nepal

You might also like