त्रिवेणी सामुदायिक टेलिभिजनद्धारा ‘बृहत’ तीजगित प्रतियोगिता सम्पन्न

0

रामु भुषाल बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाटमा अवस्थित त्रिवेणी सामुदायिक टेलिभिजनको आयोजनामा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारि बृहत तिज गीत कार्यक्रम शनिबार बर्दघाटमा सम्पन्न भएको छ ।

टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमु्ख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले तिजपर्व कु्नै एक व्यक्ति नभई सबैको साझा भएकाले सास्कृतिक पर्वको नाममा र जुनसुकै पर्व बिकृति बिसंगतिका रुपमा नमनाउन आग्रह गदै साँस्कृतिकको बिचलन हुन नदिन यस्ता किसिमका संघसंस्थाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले महिलाहरुको पर्व र पुरुषहरुको पर्व कुनै पनि बिकृति रुपमा भएभने समाज परिर्वतन नहुने बताउनुभयो । नगरप्रमुख शर्माले समाजमा नकारात्मक गति बिधीमा तिज गीत नृत्य मार्फत पोख्ने चलन सदियौ देखी चल्दै आएको भन्दै सामाज परितर्वन गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवी पौडेलले समाजमा नकारात्मक गतिबिधिमा तिज गीत नृत्य मार्फत पोख्ने चलन सदियौ देखी चल्दै आएको भन्दै सामाज परितर्वन गर्नको लागि सास्कृतिक तवरबाट पनि सबै एक जुट हुनुपर्नेमा जोड दिदै उहाँले महिला सशक्तिकरण र जागरणको लागि तिज गीतबाट सन्देश दिनुपर्ने बताउनुभयो ।

त्यस्तै अर्का विशिष्ट अतिथिको रुपमा बोल्दै रामग्रम नगरपालिकाकी नगर उपप्रमुख रम्भा कुवँरले अहिले सामाजमा देखिएको चार्डपर्वमा देखिएको बिकृतिलाई सबै मिलि निरुत्साहित गर्नुपर्नै बताउदै संस्कृति जगेर्ना गर्न कुनै महगां होटल रेष्टुरेन्ट र पार्टी प्यालेसमा नभई स्थानिय तवरमै मौलिकता झल्कीने खालका गीत नृत्य प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

कार्याक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र बिक्रम हमाल, दाउन्नेदेबी महिला बहुउश्येशीय सहकारी संस्थाकाकी अध्यक्ष देबी पौडेल,लगायतले तिजको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो प्रतियोगितामा बिभिन्न संघसंस्था क्लब र बिद्यालय गरी आठ टीमको सहभागिता रहेको थियो । सम्पन्न प्रतियोगितामा राजा मावी भुताहा प्रथम, राइजिंग युथ तथा बालक्लब द्धितिय, दिब्यज्योती मावी एजि गु्रप तृतिय र दाउन्नेदेवी मावी सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा विजेता लाई नगद सहित प्रमाणपत्रले सम्मानित समेत गरिएको थियो । त्रिबेणी टेलिभिजनका उपाध्यक्ष राजेन्द्र सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन टेलिभिजनका समाचार प्रमुख आरति राना र सन्तु गाहाले सयुक्त रुपमा गर्नुभएको थियो ।

यो फोटो फिचरमा रामु भुषालबाट प्रदान र रामप्रसाद पौडेलको फेसबुकबाट लिइएका तस्विर समाबेश छ ।

You might also like