बर्दघाट नगर: पशु स्वास्थ्यका लागि भ्याक्सिनको निरन्तरता

0

नवलपरासी २३ बैशाख – बर्दघाट नगरपालिका पशु सेवा शाखाले भौतिक दुरी कायम राख्दै पशुहरुमा भ्याक्सिन लगाउने कार्यलाई निरन्तरता दिएको छ । गाई भैसी बाख्रालगायतका पशुहरुमा रोगसंग लड्ने क्षमता बृद्धि गर्नका लागि र पशलाई निरोगी बनाउन आवश्यक रहेकाले बर्दघाट नगरपालिकाका बिभिन्न वडाहरुमा भ्यासिक्न कार्यक्रमलाई निरन्तरता दिईएको पशु सेवा शाखाका प्रमुख भरत लम्सालले बताउनुभयो ।

नगरपालिकाले नगरक्षेत्रमा पशुहरुका भ्याक्सिन संचालनका लागि भ्यासिक्नेटरको ब्यवस्था गरेको थियो । लकडाउनका शुरुका दिनमा रोकिएको उक्त कार्यक्रम अहिले वडा नम्बर १० मा संचलन भएको भ्याक्सिनेटर रमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गाई भैसीहरु भ्यागुते, चरचरेलगायतका भ्याक्सिन लगाइदै आइएको हो ।

You might also like