रवि लामिछानेको रिहाईको माग गर्दै ‘स्वतन्त्र नागरिक संर्घष समिति’को बिरोध कार्यक्रम

0


नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटस्थित ‘स्वतन्त्र नागरिक संर्घष समिति’को आयोजनामा न्युज २४ टेलिभिजनका कार्यक्रम ‘प्रस्तोता’रवि लामिछानेको रिहाईको माग गर्दै ¥याली सहित कोणसभा गरिएको छ ।

कार्यक्रममा सहभागी स्वतन्त्र नागरिक संर्घष समितिका अगुवा

‘जनता संग सिधा कुरा कार्यक्रम’का प्रस्तोता लामिछानेको सर्मथन र पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको निष्पक्ष छानविनको माग गर्दै शुक्रवार ¥याली सहित कोण सभा गरिएको ‘स्वतन्त्र नागरिक संर्घष समिति’का संयोजक शिव चालिसेले बताउनुभयो । बिरोध ¥यालीमा ‘सरकार देखियो न्याय देखिएन’ ‘ कि दोषी ठहराइदेउ कि त निशर्त रिहाई देउ’ ‘दोषी नउम्किओस निर्दोष नफसोस ‘जस्ता नारा लेखिएका प्ले कार्ड सहित त्रिवेणी चोक हुदै बर्दघाट चोकमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा अभियान्ता तिलक सुवेदी, डिलाराम चालिसे, किशोर गैरे, राम श्रेष्ठलगायतले बोल्दै लामिछानेलाई सरकारले फसाउन खोजेको भन्दै आक्रोश ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका बक्ताले सरकारले न्याय दिन नसकेको बिषयमा लामिछानेले न्याय गरेको भन्दै सरकार र्निलज्ज भएको टिप्पणी गरेका थिए । कार्यक्रम राम भण्डारीको संचालनमा भएको थियो ।

You might also like