खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुनवल नगरमा राना

0

सुनवलः खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुनवल नगरपालिकाको भेलाले दिपक रानाको अध्यक्षतामा १३ सदस्सीय नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सिता गुरुंग, सचिव यज्ञ प्रसाद पाण्डे, सहसचिव मिलन गुरुंग, कोषाध्यक्ष सविता थापा रहनुभएको छ भने सदस्यहरुमा शुभि राना, गिरि बहादुर थापा, जोगेन्द्र यादव, लिला पंगेनी, बम कुमारी विक, हरिराज शर्मा, सरस्वती दुबे र विष्नु न्यौपाने रहनुभएको जनाइएकोछ ।
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा महासंघका प्रदेश नम्बर ५ का समयोजक थान प्रसाद गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष तारा सुनार, महासंघका जिल्ला सदस्य दुर्गा नारायण सुवेदी, सुनवल वडा नम्बर ५ का वडाध्यक्ष थमनसिंह नेपाली, सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, रेडियो परासीका मेघराज गौतम, यज्ञ प्रसाद पाण्डे लगायतले नव गठित कमिटिलाई शुभकामना दिनुभएको थियो । महासंघका जिल्ला उपाध्यक्ष तारा सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सदस्य दुर्गा नारायण सुवेदीले गर्नुभएको थियो ।

You might also like