गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढ्यो
नवलपरासी पश्चिम – मौसम परिर्वतनसंगै गर्मीले वनमा डढेलोको जोखिम बढ्दै गएको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुदै आएको छ । यस बर्ष पनि पश्चिम नवलपरासीका राष्ट्रिय तथा सामुदायिक वनहरुको डढेलो शुरु भइसकेको देखिन्छ । जिल्लाका बिभिन्न वन क्षेत्रमा डढेलो शुरु भइसक्दाँ पनि सरोकारवालाहरुले डढेलो निभाउन कार्ययोजना बनाउन ढिलाई हुदैं आएको छ । चुरे तथा समथर जंगलमा समेत डढेलो शुरु भइसकेको बर्दघाट–२ का स्थानीय बासिन्दा पृथबहादुर थापाले जानकारी दिनुभयो । वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा नोक्सानी गर्ने गरेको छ ।
वनमा डढेलो लगाउनेलाई जरिबानासहित कैद सजाय हुने भएपनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुदै आएको छ । डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । स्थानीय पत्र बर्ष ७ अंक ४ का प्रकाशित छ ।