खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बर्दघाट नगर समिति गठन
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरस्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गठन गरिएको छ । बर्दघाट खानेपानीको हलमा भएको कार्यक्रममा लक्ष्मण नाथ योगीको अध्यक्षतामा नगर समिति चयन भएको हो । समितिको उपाध्यक्षमा राधा शर्मा सचिव ईन्द्र ढकाल सहसचिव डिल्लीराम सुवेदी कोषाध्यक्ष सावित्री दुवाडी र सदस्यहरुमा मदनराज अर्याल, मिना विक, गोमा खाती, बिष्णुमाया पुन डिलमाया गिरीलगायत चयन हुनुभएको थियो ।
कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि तथा प्रदेश सांसद दिपेन्द्र अधिकारीले प्रदेश सरकारले खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख माया पौडेल, महासंघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक थान प्रसाद गैरे ,सल्लाहकार शिवलाल कण्डेल बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षता इन्द्र कुमार राना लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता सदस्य तारा आचार्यको स्वागत सचिव देवीदत्त सापकोटाको संचालनमा भएको थियो ।