बर्दघाटमा भदौ १३ गते तीज बिशेष कार्यक्रम

0

बर्दघाट – कला संस्कृतिको जगेर्ना एंवम् चाडपर्वहरुको संरक्षणका लागि स्थानीय पत्र साप्ताहिक र श्रुति संगितालयको संयुक्त आयोजनमा बृहत तीज गित प्रतियोगिता एंव विविध सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना हुने भएको छ ।

!फाईल तस्बिर


यही भाद्र १३ गते बर्दघाटस्थित पुरानो चौकी प्रांगणमा आयोजना हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने श्रुति संगितालयका प्रबन्ध निर्देशक लोक मिजारले बताउनुभयो । कार्यक्रमको सहआयोजना सुगम संगितालयले गर्ने जनाइएकोछ ।
प्रतियोगिताको बिषय खुल्ला रहनुका साथै कार्यक्रमका लागि तयारी शुरु गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमले महिला अधिकारका प्रबद्र्धनका साथै जनचेतनाको क्षेत्रमा समेत बिषय भुमिका खेल्ने आयोजकले विश्वासले लिएका छन् ।


कार्यक्रमबाट बिशेष गरी कला संस्कृति तथा चाडपर्वको जगेर्ना हुनुका साथै स्थानीय ब्यवसायको समेत प्रबद्र्धन हुने बताइएकोछ ।
साथै स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनका साथै राष्ट्रिय कलाकारको प्रस्तुतिले तीज बिशेष रुपमा रमाइलो जनाइएको छ ।

You might also like