कपिलवस्तुमा कार दुर्घटना

0

२३ मंसिर – कपिलवस्तुको वाणगंगामा कार दुर्घटना हुँदा १ जनाको मुत्यू भएकोे छ । वाणगंगा नगरपालिका वडा नं.८ बोर्डगाउँ चोक नजिकै पश्चिमतर्फ बाट आईरहेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९, हरनामपुरका २८ बर्षिय सुरेश पाण्डे रहेका छन् । कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको आशंका छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । साथै कार भने क्षतविक्षत अवस्थामा छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बुटवल अनलाईन

You might also like