यस्तो छ प्रहरी निरिक्षक पुरीको कामको फेहरिस्त

0

बर्दघाट – यस साता ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक बुद्धिसागर पुरीलाई बर्दघाटवासीले बिदाई गरे । ठेकेदारदेखि बर्दघाट उद्योग बाणिज्य संघ हुदै साना ठुला संघसंस्था सम्मले कार्यक्रम आयोजना देखि कार्यकक्ष धाएर निरिक्षक पुरीलाई बिदाई गरेका थिए । साउन १६ र १७ गते निरिक्षक पुरीको बिदाईमा धेरैले समय खर्चिएका थिए । नजिक हुदाँ हुदाँ जे जस्तो भएपनि बिदाईमा ओठेभक्ति देखाउने प्रबृति निरिक्षक पुरीको बिदाईका झल्किएको थियो ।


त्यस पछि पत्रकारहरु बीचमा पत्रकारबीच भेटघाट गरी बिदाई हुने कार्यक्रम समेत पुरीले आफनो कार्यकक्षमा राख्नुभएको थियो । उहाँले पत्रकारबीच आफना अनुभव सहित १४ महिने महिने बसाई सफल भएको चर्चा परिचर्चा गर्दै बर्दघाटको कार्यकाल सुखद कार्यकाल रहेको बताउनुभयो । उहाँले १७ गते आफनै कार्यकक्षमा सुनाएको र पछि पत्रकारलाई मेल गरिएको फेहरिस्त अनुसार यस अवधिमा २ वटा जेसिबी र ३६ वटा टेक्टरबाट ६ लाख ४० हजार र भारतबाट ल्याइएका अबैद्य मालबाट १३ लाख ९६ हजार ६८ रुपैया राजस्व संकलन भएको उल्लेख छ । बर्दघाटको बसाई साह्रै राम्रो भएको भन्दै पुरीले आफ्नो कार्यकालमा सवारी दुर्घटना र सडक जाम कम भएको जिकिर गर्नुभयो ।
उक्त बयाननामा पेश गर्दै उहाँले बर्दघाट बसाईमा स्थानीयवासीले राम्रो सहयोग गरेको भन्दै निरिक्षक पुरीले यस अबधिमा १३ जना फरार अभियुक्त सहित ३७ जनालाई पक्राउ गरि अदालतमा बुझाएको जानकारी दिनुभयो । पत्रकार माझ पुरीले अबैध चल्लाको ल्याएका २ वटा बलेरो गाडि पशु क्वारेन्टाइन महेशपुरलाई बुझाइएको समेत बताउनुभयो ।
त्यस्तै यस अबधिमा ५ जना बिप्लव समुहका कार्यकर्ता समेत हाम्रै ईलाकाबाट पक्राउ परेका छन् – मिडियाकर्मी बीच पुरीले भन्नुभयो –जिल्लामा पक्राउ परेका अधिकाँश यसै ईलाकाबाट पक्राउ गरिएको छ ।
त्यसैगरी वन सम्बन्धि ३ हातहतियार १ लागु औषध ७ चोरी ५ बैकिंग कसुर ३ प्रहरी माथि अबैध ब्यवहार ४ कर्तब्य ज्यान २ र ५ जना विप्लव समुहका कार्यकर्ता आफनो कार्यकालमा पक्राउ गरिएको उहाँले बताउनुभयो । पत्रकार भेटघाटमा बर्दघाटका पत्रकारले समेत निरिक्षक पुरीलाई बिदाई चिनो प्रदान गरेका थिए । उहाँको गण्डकी प्रदेश पोखरास्थित बैदाम वडा प्रहरी कार्यालयमा सरुवा भएको बताइएको छ । अब बर्दघाटमा प्रहरी निरिक्षक भिम केसी आउने बताइएको छ ।

You might also like