यस्तो छ बर्दघाट नगरपालिकाको २०७६/०७७ को बजेट

0

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पाँचौ नगरसभामा ६५ करोड ५ लाख ७२ हजार ६ सय २० रुपैया चालीस पैसा बराबरको आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरिएको छ । सभामा नगर उपप्रमुख मायादेवी पौडेलले सामाजिक सुरक्षा लगायतका अन्तरसरकारी अख्तियारीबाट प्राप्त हुने रकम समाबेश नगरी उक्त बजेट र बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

तस्विर – नगर कार्यपालिकाका प्रवक्ता रविन्द्रविक्रम हमालको फेसबुक वालबाट

प्रस्तुत बजेटमा चालु तर्फ ३५ करोड ९९ लाख २७ हजार रुपैया र पुँजीगत तर्फ २९ करोड ६ लाख ४५ हजार ६ सय २० रुपैया चालीस पैसा रहेको छ ।

प्रस्तुत बजेट बाहेक पनि सामाजिक सुरक्षातर्फ २० करोड बढी रकम र अन्य सरकारी अख्यियारीबाट समेत नगरमा बजेट आउने गर्दछ । मंगलवार शुरु नगरसभामा बजेटका साथै उपप्रमुख पौडेलले आर्थिक बर्ष २०७६ को बार्षिक निति तथा कार्यक्रम र नगरप्रमुख धीरज शर्मा बस्यालले आर्थिक ऐन २०७६ र विनियोजन बिद्येयक २०७६ समेत प्रस्तुत गर्नुभएको थियो ।

तस्विर – नगर कार्यपालिकाका प्रवक्ता रविन्द्रविक्रम हमालको फेसबुक वालबाट

बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र विक्रम हमालले आर्थिक बर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम तथा प्रस्तुत भएका बिद्येयक उपर १८ गते सम्म ब्यापक छलफल हुने र १८ गते नै पारित गरी समापन गर्ने कार्यक्रम समेत तय भएको जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रममा बर्दघाट नगरपालिकाको चाहना शान्त समुन्नत र सुन्दर समाजको स्थापना उल्लेख गरिएको छ । नगरसभा नगरप्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको थियो ।

You might also like