अरुण तेस्रोको अनुगमनमा पुगेका प्रधानमन्त्रीलाई ‘रेड कार्पेट’

२६कात्तिक , संखुवासभा : प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का अनुगमनपछि अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा पुगेका छन्। बुधबार बिहान काठमाडौंबाट किमाथाङ्का पुगेका ओली नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरबाट किमाथांकादेखि मकालु गाउँपालिका-५ फाक्सिन्दास्थित अरुण तेस्रो विद्युत् आयोजनाको ड्याम साइटमा पुगेका हुन्।

उनलाई त्यहाँ रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ। अरुण तेस्रोको अहिले भारतीय कम्पनीले निर्माण गरिरहेको छ।

ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्या सिंह शाह पनि छन्।

उनीहरुसँगै प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल प्रधानमन्त्रीको टोलीमा छन्।

अरुण तेस्रोको ड्याम साइडमा अवतरण गरेका प्रधानमन्त्रीको स्वागतका लागि रेड कार्पेट ओछ्याइएको थियो। उनको स्वागतमा हेलिकोप्टर बस्दै गर्दा रेड कार्पेट ओछ्याइएको हो।

तर प्रधानमन्त्री ओलीले उक्त रेड कार्पेटमा भने हिँडेको देखिएन। नेकपामा तीव्र विवाद चलिरहेका बेला ओली संखुवासभा पुगेका हुन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले भोलिसम्म सचिवालय बैठक राख्न ओलीमाथि दबाब बढाएका छन्।

थाहा खबर

You might also like