युवा नेता गिरी सहित तीन जना पक्राउ

0

नवलपरासी -नवलपरासी पूर्व र पश्चिममा बुधबार विप्लव नेकपाका ३ जना जिल्ला स्तरका नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा एक जना पार्टीका जिल्ला सेक्रेटरी , एक जना जिल्ला सदस्य र एक जना युवा संगठनका जिल्ला अध्यक्ष छन । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको डेढगाउँबाट इन्द्रबहादुर घर्ती गगन र धनसिं ठगुन्ना अर्जुनलाई बुधबार पक्राउ गरेको छ भने पश्चिम नवलपरासीस्थित बर्दघाट ९ भुताहाका कृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घर्ती चुरे जिल्ला सेक्रेटरी ठगुन्ना जिल्ला सदस्य र गिरी युवा संगठनका जिल्ला अध्यक्ष रहेको बताइएको छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील गिरी राजामहात्मा पूर्णभद्र माविका विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ । त्यस्तै पश्चिम नवलपरासीका सेक्रेटरी गंगा ज्ञवाली सुमनलाई भने यस अघि पक्राउ गरि कारागार चलान गरिएको छ । पश्चिम नवलपरासीमा ३ जना कार्यकर्ता पक्राउ परेकोमा २ जनाले पार्टी परित्याग गरेको घोषणा पछि रिहा भएका थिए । उता नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मी बुधबार धरौटीमा रिहा हुनुभएको छ । उहाँलाई जिल्ला अदालत नवलपुरले २५ हजार धरौटी सहित तारेखमा रिहा गरेको हो । नवलपुरमा यस अघि विप्लव नेकपाका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेकोमा ३ जना पार्टी परित्याग गरेर रिहा भएका थिए । यस अघि पक्राउ परेका दुई जना अझै प्रहरीको नियन्त्रणमा रहेका छन ।

You might also like