प्रभु बैक गोपिगंज शाखाले ए.टि.एम सेवा शुरु ग¥यो

0

कृष्ण ढकाल गोपीजंग – प्रभु बैक लिमिटेड गोपिगंज शाखा कार्यालयले आईतवार देखि ए.टि.एम सेवा शुरु गरेको छ । प्रतापपुर गाउ पालिका का अध्यक्ष राज कुमार शर्माले प्रभु बैक लिमिटेड गोपिगंज शाखा कार्यालयको ए.टि.एम मेसिनको समुद्धघाटन गर्नु भएको थियो । बैंक का शाखा प्रबन्धक नवराज पोख्रलको अध्यक्षता र प्रतापपुर गाउ पालिका का अध्यक्ष राज कुमार शर्माको प्रमुख आतिथ्यतामा ए.टि.एम सेवा शुरु कार्यक्रम सम्पन्न् भएको थियो ।


ए.टि.एम मेसिनको समुद्धघाटन कार्यक्रमा गोपिगञ्जका ब्यापारी ,उद्योगी, समाजसेवी तथा सर्वसाधारण ब्यक्तिहरुको उपस्थिती रहेको थियो । ए.टि.एम मेसिनको समुद्धघाटन कार्यक्रममा बोल्दै गाऊपालिका अध्यक्ष राजकुमार शर्माले गोपिगंज बजारमा प्रभु बैंकले पहिलो पटक ए.टि.एम सेवा शुचारु गरेर त्यसक्षेत्रका रहेकोमा स्थानीय ब्यापारी ,उद्योगी, समाजसेवी तथा सर्वसाधारण ब्यक्तिहरुलाई २४ सै घण्टा सेवा दिन सफल भएकोमा खुशी ब्यक्त गर्दै अझ नयां नयां योजना लिएर आफ्नो क्षेत्रका जनताहरुलाई आर्थिक समृद्धिको पाटोमा सहयोग गर्न पनि बैंकलाई आग्रह गर्नु भएको थियो । सो क्रममा बोल्दै बैकका शाखा प्रबन्धक नवराज पोख्रलले स्थानिय ब्यापारी ,उद्योगी, समाजसेवी तथा सर्वसाधारण ब्यक्तिहरुको चाहना र सुझावको कदर गदै आफुहरुले ए.टि.एम. सेवा शुरु गरेको बताउनु भएको थियो । प्रबन्धक पोख्रलले आफ्ना सेवाग्राहीहरुका लागि समय सापेक्ष रुपमा ए.टि.एम. सेवा शुरु गरेको बताउदै आगामी दिनहरुमा पनि स्थानीयवासीहरुको साथ र सहयोगमा आफुहरुले नयां नयां योजनाहरु अघि सार्ने धारणा राख्नु भएको थियो । साथै ए.टि.एम तथा बैंकको महत्वको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

You might also like