राष्ट्रिय सम्मेलनका लागि समिति गठन , नवलपरासीमा भेला तयारी

0

बुटवल – क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले राष्ट्रिय सम्मेलनलाई लक्षित गरी बिभिन्न समिति गठन गरेको छ । महासंघको आइतवार बुटवलमा सम्पन्न बैठकले जेठ १६ र १७ गते बुटवलमै हुने राष्ट्रिय सम्मेलनलाई सफल बनाउने निर्णय गर्दै कार्यबिभाजन समेत गरेको हो ।


बैठकले रामप्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्सीय ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा खुमानन्द भुसाल राजु भुजेल मोजिव अलिलगायत रहनुभएको छ ।
त्यस्तै टेक मास्की रानाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । ३ सदस्सीय समितिमा मानबहादुर कुंवर र रामप्रसाद पोखरेल सदस्य रहनुभएको छ । त्यस्तै प्रचार प्रसारका लागि गठित ३ सदस्सीय समितिको संयोजकमा जिल्ला सचिव मानबहादुर कुंवर र सदस्यहरुमा राजु भुजेल र मोजिव अलि रहनुभएको छ ।
बैठक जिल्ला अध्यक्ष टेक मास्की रानाको अध्यक्षता क्रान्तिकारी पत्रकार महासंघ प्रदेश संयोजक रवि पाण्डेको प्रमुख आतिथ्यता नेकपा ( क्रान्तिकारी माओवादी ) प्रदेश पाँचका सचिव प्रमोदको बिशिष्ट आतिथ्यतामा भएको थियो । त्यस्तै क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको भेला तयारी भएको छ । भेला सोमवार बर्दघाटमा हुने आयोजकले जनाएको छ ।

You might also like