माछापुच्छ्रे बैकको १२४ औं शाखा बर्दघाटमा

0

बर्दघाट -बर्दघाटबजारमा माछापुच्छ्रे बैकको १२४ औं शाखा उद्घाटन शुक्रवार भएको छ । शाखाको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याल बैकका अध्यक्ष एंव पूर्व सभासद डा. बिरेन्द्र कुमार महतोले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।त्यस्तै एटीएमको उद्घाटन बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एंव नगर कार्यपालिकाका प्रवक्ता रविन्द्रबिक्रम हमालले उद्घाटन गर्नुभयो ।उद्घाटन पूर्व उद्घाटन समारोह गरिएको थियो । उद्घाटन समारोहमा नगर प्रमुख बस्याल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरप्रमुख बस्यालले नगरमा बैक तथा बितीय संस्थाहरुको स्वस्थ प्रतिष्पर्धा हुनु राम्रो बिषय रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यपालिका प्रवक्ता हमालले बैकहरुले संकलन गरेको निक्षेप जहाँ संकलन गरेको हो त्यही स्थानीयतहका बासिन्दालाई लगानी गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बैकका अध्यक्ष एंव पूर्व सभासद डा महतोले बैकले साना उद्यमीलाई ध्यान दिदै परियोजना हेरी नागरिकता मात्र राखेर ५ लाख सम्म लगानी गर्ने बताए । उनले बैकले सेवालाई गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो ।
कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
बर्दघाटका सुरक्षा निकायका साथै बिभिन्न बैकका शाखा प्रबन्धक तथा प्रतिनिधि संघसंस्थाका प्रमुख तथा प्रतिनिधि उद्योगी ब्यवसायीलगायतको सहभागिता रहेको शाखा प्रबन्ध कृष्ण चालिसेले जानकारी दिनुभयो । फोटो सौजन्य –आर.जी.बी. प्रोडक्सन / राज भट्टराई

You might also like