क्रान्तिकारी माओवादीको प्रदेश ४ को प्रदेश सम्मेलन हुदै

0

पोखरा -नेकपा क्रान्तिकारी माओवादीको प्रदेश ४ को प्रथम प्रदेश सम्मेलन आज पोखरामा शुरु हुँदैछ । कार्यक्रमको नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवदी अटलले जानकारी दिनुभयो ।

दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने उनले बताउनुभयो ।सम्मेलनमा नवलपुर, कास्की, तनहू, गोर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूको सहभागिता रहने छ।

You might also like