भुकम्प प्रतिरोधी भवन हस्तान्तरण

0


जिमिरेभार – राष्ट्रिय मावि माकर बेताहानीमा मंगलवार बिद्यालय भवन हस्तान्तरण कार्यक्रम गरिएको छ ।

महाभुकम्प – २०७४ को स्मृतिको अवसरमा बिद्यालय भवन हस्तान्तरण भएको हो । भवन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा सो भुकम्प प्रतिरोधी भवन निर्माण भएको थियो ।

कार्यक्रम बिद्यालयमा का.वा अध्यक्ष कैलाश चौधरीको अध्यक्षता वडा नम्बर ७ का वडाध्यक्ष धुब्र थारुको प्रमुख आतिथ्यता एंवम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई कार्यालयका प्रमुख राजेन्द्र कार्कीको आतिथ्तामा भएको बिद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले बताउनुभयो ।

You might also like