सुस्ताले महिला स्वास्थ्य स्वयं सेविकालाई साइकल वितरण गर्यो ।

0

  २७ कार्तिक

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पालिका भित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरेको छ । स्वास्थ्य संस्थाको विभिन्न गतिविधि र खोप केन्द्र गाउँघर क्लिनिक जस्ता कार्यक्रममा मानिसहरुलाई उपस्थित गराउन सहज हुने उद्देश्यले सुस्ता गाउँपालिका भित्र रहेका ३५ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई पालिकाले एक कार्यक्रम गरि साईकल वितरण गरेको हो । राज्य बाट निशुल्क रूपमा ग्रामीण स्वास्थ्यलाई मध्यनजर गरि खटाएको महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई बिरामी भेटघाट तथा सुत्केरी,गर्भवति,खोप जस्ता कार्यमा आफुहरुलाई खबर गर्नु पर्ने र खबर गर्न हिड्नु पर्ने र खबरका गर्नका लागि पैदल हिड्डा आफुहरुलाई विभिन्न समस्या आइपरेको भन्दै पटकपटक गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासो आएपछि सो गुनासोलाई मध्यनजर गर्दै र स्वास्थ्य क्षेत्र थप मद्दत पुग्ने उद्देश्यले साइकल वितरण गरेको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सुस्ता सन्देशलाई बताएका छ्न । गाउँपालिकाले आफुहरुको माग अनुसार काम गर्दिएको र आफुहरु पनि सुस्ताको स्वास्थ्य क्षेत्रमा थप सशक्त रूपमा लाग्ने र खुशी लागेको महिला स्वास्थ्य स्वयंसेविकाहरुको भनाइ रहेको थियो । साइकल वितरण सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय,गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनी,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्याल,प्रशासन शाखा प्रमुख बिष्णु ढकाल र स्वास्थ्य शाखा संयोजक निर्मला कुश्वाहाले गरेका थिए ।

You might also like