स्थानीय पत्र दोस्रो बर्षबाट तेस्रो बर्ष प्रवेश गर्दै

0

सागर सुनार नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिद्धारा प्रकाशित स्थानीय पत्र राष्ट्रिय साप्ताहिकले आफ्नो तेस्रो बर्ष प्रवेशको पूर्व सन्ध्यामा बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

विहीवार कम्पनीका प्रबन्ध निर्देशक रवि पाण्डेयले बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याललाई पत्रिकाले प्रकाशन गरेको २०७६ सालको बार्षिक क्यालेन्डर हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुखबाट शुरु गरिएको सो अभियानलाई तीब्र बनाउदै लैजाने प्रालिले जनाएको छ ।

२०७३ साल फागुन २६ गते दर्ता भएको सो पत्रिकाले बर्ष २ को अंक पुरा गरी बर्ष ३ मा प्रबेशको तयारी गरेको हो । तेस्रो बर्ष प्रबेशसंगै पत्रिकाले नयाँ कार्यक्रम तथा योजनाको तयारी गरेको जनाइएको छ । न्यु भिजन मिडिया प्रालिले स्थानीय पत्र राष्ट्रिउ साप्ताहिकका साथै स्थानीय पत्र डट कम अनलाइन समेत संचालन गर्दै आएको छ । कम्पनीको नाममा न्युज एफ एम ९२.६ मेघाहर्ज रेडियो समेत दर्ता रहेको बताइएको छ ।

You might also like