युवा संघले लगायो पसल अगाडि “घेरा”

भौतिक दुरि कायम राखेर कोरोनाबाट बच्न आग्रह

0

राम प्रसाद पौडेल

बर्दघाट १५ चैत्र – नेकपा निकट राष्ट्रिय युवा संघ बर्दघाट नगर कमिटीले भौतिक दुरी कायम राखेर कोरोनाबाट बच्न आग्रह गर्दै अत्यावश्यक बस्तु बेच्ने पसलहरुका अगाडि घेरा लगाउने कार्य गरेको छ । संघका नगर संयोजक राजेश तिवारीको नेतृत्वमा सो घेरा लगाउने कार्य भएको हो । संघले किराना तथा तरकारी बेच्ने १७ वटा पसलका अगाडि घेरा लगाएको संयोजक तिवारीले बताउनुभयो ।
तस्बिर राम प्रसाद पौडेल

You might also like