गोबरहिया प्रहरी चौकी इन्चार्ज रायमाझीकाे बिदाइ

0
 उमेश बि.क / नवलपरासी ,१३ मंसिर/
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित गाेबरहिया प्रहरी चौकी इन्चार्ज सई तिलक रायमाझीकाे बिदाइ गरिएको छ। सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा शुक्रबार प्रहरी चौकीका इन्चार्ज रायमाझीलाई चौकीमा कार्यरत प्रहरी र गाउँपालिकाबाट सम्मान स्वरुप मायाको चिनो सहित टीकामाला लगाएर बिदाइ गरिएको हाे। चौकी इन्चार्ज रहँदा उनले प्रहरी र गाउँलेबीचको सम्बन्ध सुधारको काम गरे । साथै आफूमातहतका प्रहरीलाई कहिल्यै नराम्रो व्यवहार नगरेको उनका सहकर्मी बिनाेद ठाकुर र लाेक बहादुर थापाको भनाइ छ । ‘उहाँ हुँदा गाउँमा दिनहँु हुने झगडामा कमी आएको थियो, केही नयाँ काम गर्दा उहाँ गाउँलेलाई पनि सोध्नुहुन्थ्यो,’ वडा नं. ४ निवासी समाजसेवी बिनाेद पाण्डेयले बताउनु भएको हाे। गाेबरहिया चौकी इन्चार्ज भएदेखि गाउँमा मदिरा नियन्त्रण, सवारी दुर्घटनामा कमी, चोरी, लुटपाट, आपराधिक घटना र महिलामाथि हुने घरेलु हिंसाका घटना न्यून भएको स्थानीयको भनाइ छ । दिनहुँ मदिरा खाएर झगडा हुने गरेकोमा उनी आएपछि गाउँ शान्त भएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीलेले बताउनु भएको हाे । वहाँ कुशल प्रहरीको रुपमा आफ्नो जिम्मेवारी ईमान्दारी पूर्वक २४अाैँ घण्टा नागरिकको सुरक्षामा खटी शान्ति सुरक्षा प्रदान गरि गाउपालिकासँग समन्वय सहकार्य र सहयोग गरि काम गरेको भन्दै चाैधरीले प्रशंसा गर्दै उत्तर उत्तर प्रगतिको कामना सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको हाे। चौकी इन्चार्ज रहेर काम गर्दा सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयाेग मिलेको भन्दै सइ रायमाझीले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका हुन । चौकी इन्चार्ज रायमाझी सरुवा भई जिल्ला प्रहरी कार्यलय नवलपरासी जानु भएको हाे । गाेबरहिया प्रहरी ईन्चार्ज भई इमन्दारीता पुर्बक जिम्मेवारी बहन गर्नु भएकोमा गाउँपालिका उपाध्यक्ष रायले धन्यवाद ज्ञापन गर्नु भएको हाे । हरेक ब्यक्ति कामप्रति इमानदारीता,निश्पक्षता , कर्मठ भएर भएर अगाडि बढाउछ तब पक्कै जिवनमा सफलता पाउछ भन्दै उज्ज्वल भबिस्यकाे कामना साथ कामकाे प्रशंसा गर्दै सम्मान स्वरुप मायाको चिनो सहित गाउँपालिकाबाट बिदाई गरिएको हाे। गाउँपालिकाबाट गरिएको बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल पाैडेल ,वडा नं.४ वडा अध्यक्ष छाेटेलाल यादव,कार्यपालिका सदस्य जाेखु गाैड ,जन्तरी सहानी,चन्दा चाैधरी, अन्तर पार्टी महिला सन्जालकि अध्यक्ष मिना चाैधरी ,वडा नं.४ सचिव अशोक पाण्डेय लगाएतकाे सहभागीता रहेको थियाे । त्यस्तै वडा नं.५ स्तरीय जनविकास युवा क्लबकाे अध्यक्ष गाेपिचन्द्र हरिजनकाे अध्यक्षता तथा वडा नं.५ अध्यक्ष दिनेश सहनीको प्रमुख अातिथ्यतामा एक कार्यक्रम बिच गाेबरहिया प्रहरी चौकी इन्चार्ज सई तिलक रायमाझीकाे बिदाइ गरिएको हाे। प्रहरी चौकीका इन्चार्ज रायमाझीकाे विदाई कार्यक्रममा समाजसेवी सुखाडि प्रसाद चाैधरी,समाजसेवी बिनाेद पाण्डेय ,प्रभेक यादव ,राेहित गाैड लगाएतले रायमाझीले चौकी इन्चार्ज रहँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको प्रशंसा गर्दै बिदाइ गरेका हुन ।
You might also like