संसदीय व्यवस्था असफल – प्रमोद

0

टेक मास्की
बुटवल २४ साउन ः नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रमोदले संसदीय ब्यवस्था असफल भएकोले यो तिक्रियावादीे सत्ता ढालेर जनताको व्यवस्था स्थापनाका लागि संघर्ष गर्नुपर्नेमा बताउनुभएको छ ।
क्रान्तिकारी माओवादी रुपन्देहीले बुटवलमा अगुवा कार्यकर्ताका लागि आयोजना गरेको बैचारिक प्रशिक्षणात्मक भेलामा बोल्दैं उनले तीनै तहको सरकार भ्रष्ट्राचार संस्थागत गदैं अगाडि बढेकाले यसको अन्त्य जरुरी रहेको बताउनुभयो ।
पार्टीले आन्दोलन चर्काएकैं कारण एमसीसी सम्झौता संसदमा टेबल हुंन नसकेको र नक्कली नक्साको ठाउंमा नयां नक्सा जारी गर्न सरकार बाध्य भएको उहाँले दावी गर्नुभएको थियो । कार्यक्रम पार्टी सक्रेटरी मणीको सभापतित्वमा सम्पन्न भएको थियो ।

You might also like