बीजबृद्धि कार्यक्रम

0

नवलपरासी ४ मंसिर – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको बताउनुभएको छ । बीउ बीजनमा नगरलाई आत्मर्निभर बनाउन सके बीउ आयात घट्ने र यसबाट स्थानीय बीउबीजनको बिभिन्न जातको संरक्षण हुने उहाँले बताउनुभयो ।

No description available.

विहीवार बर्दघाट ९ भुताहामा रहेको मधुवन कृषि सहकारी संस्थालाई मुलबीउ बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रबाटै नगरको समृद्धि हुने भएकोले नगरपालिकाले कृषि क्षेत्रमा ५ गुणा बजेट बृद्धि गरेको जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले मुलबीउबाट बीउ उत्पादन बृद्धि गर्न कृषकलाई आग्रह गर्नुभयो । कार्यक्रममा कृषि विकाश शाखा प्रमुख युवराज लम्साल, मधुवन कृषि सहकारी संस्थाका अध्यक्ष नारायणदत्त घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम पशुपंन्छी विकास शाखा प्रमुख भरत लम्सालको संचालनमा भएको थियो ।

You might also like