नवलपरासी पूर्वमा हाेम आइसोलेसनमा रहेका २ जना संक्रमितको मृत्यु

0

कार्तिक १५, /नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट हाेम आइसोलेसनमा रहेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासाेती नगरपालिका–६ का ६७ वर्षीय पुरुषकाे हाेम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।

त्यसैगरी गैंडाकाेट नगरपालिका–२ कि ७७ वर्षीया महिलाकाे हाेम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुकाे सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ । उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हाे ।..kantipur

 

You might also like