विप्लवसंग राष्ट्रिय चासोका बारे स्प्रष्ट दृष्टिकोण छैन –डा बाबुराम भट्टराई

0

नवलपरासी ७ चैत्र – पूर्वप्रधानमन्त्री तथा नयां शक्तिका संयोजक डा बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपासंग राष्ट्रिय चासोका बारे स्प्रष्ट दृष्टिकोण एंव राजनैतिक एजेण्डा नभएका कारण जनमत उनीहरुको पछि नदेखिएकोे दावी गर्नुभएको छ ।

राष्ट्रिय चासोका बारेमा प्रष्ट राजनैतिक माग नभएका कारण उनीहरुको मागले जनमत तान्न सकेको छैन । – भट्टराईले दावी गर्नुभयो – उहाँका केही माग सरकारले सम्बोधन गर्न नसकेका कारण केही साथिहरु त्यता लाग्नु भएको हो । उहाँले विप्लव समुहको प्रष्ट राजनैतिक माग नै नभएकाले समुहको आन्दोलनको औचित्य पुष्टि नभएको जिकिर गर्नुभयो । भट्टराईले आफुहरुले जनआन्दोलन शुरु गर्नु अघि ४० सुत्रिय माग सरकार समक्ष राखेको र कुनैमागका बारेमा पनि तत्कालिन सरकारको ध्यान नगएका कारण जनयुद्ध थाल्न परेको र सफल भएको स्मरण गर्दै माग नै प्रष्ट नभएको आन्दोलनले छिटफुट घटना घटाएपनि राजनैतिक यात्रा पुरा गर्न नसक्ने पटक पटक दावी गर्नुभएको थियो । बिहीवार नवलपुरको दुम्कौलीमा आयोजित गुरु प्रसाद गौतम स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै भट्टराईले सरकारले सिके राउतलाई छुटाउन अदालतलाई समेत प्रभावित गरेर ऐतिहासिक भुल गरेको बताउनुभयो । भट्टराईले सरकारले अदालतमा सेटिंग मिलाएर राउतलाई छुटाएर न्यायलयमाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाउनुभयो । सरकारले हतारमा ११ बुंदे अपारदर्शी सम्झौता गरेको छ – उहाँले भन्नुभयो । प्रतिष्ठानले बिभिन्न बिधामा उत्कृष्ट ठहरिएका २५ जनालाई गौतम स्मृति प्रतिष्ठानवाट पुरस्कृत गरिएको थियो । एक वर्ष अघि निधन भएका गौतमका परिवारजनले उहाँको स्मृतिमा प्रतिस्ठान गठन गरेका थिए ।

You might also like