देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल ५ नं प्रदेश सम्मेलनको अन्तिम तयारी पुरा

0

नेपालगंज : नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल ५ नं प्रदेश सम्मेलनको अन्तिम तयारी पुरा भएको छ । चैत्रको ५ र ६ गतेका लागि राखिएको प्रदेश सम्मेलनलाई भव्य बनाउन देजमोले प्रदेशका १० जिल्लामा भेला सम्मेलन तथा बैठक र २ जिल्लामा सम्पर्क सहित भब्यताका साथ प्रदेश सम्मेलन गर्ने तयारी अन्तिम तयारी पुरा गरेको जनाइएको छ । त्यस्तै चैत्र २४ गते हुने मोर्चाको राष्ट्रिय सम्मेलनलाई ध्यान दिदै वडा गाउँ तथा नगरपालिकाहरुको भेला सम्मेलन र जिल्ला सम्मेलन र प्रचारात्मक अभियानलाई जोड दिने भएको प्रदेश संयोजक के बी गूरुंगले बताउनुभयो । संगठन रहेका जिल्लाहरुमध्ये प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासीमा भेला सम्पन्न भएको छ भने बाँके, बर्दिया, दाङ, गुल्मीमा सम्मेलन सम्पन्न भइसकेको छ । रोल्पा र रुकुममा जिल्लाबाट समेत प्रतिनिधिहरु सहभागि हुने बताइएको छ । सम्मेलनमा प्रदेशभरिका करिब ३ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरु सहभागी हुने मोर्चाले जनाएको छ । संयोजक गुरुङका अनुसार सम्मेलनलाई भव्य बनाउने गरी सबै तयारीहरु गरिएको छ । ५ गते नेपालगञ्जमा एक भव्य समारोहबीच मोर्चाका केन्द्रीय सचिव परि थापाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैबीच, प्रदेशको सम्मेलनलाई लक्षित गरी प्रदेशको तर्फबाट संयोजक केवी गुरुङले एक पर्चा समेत प्रकाशित गर्नुभएको । हाते पर्चामा भनिएको छ, “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर पाँचको प्रथम प्रदेश सम्मेलन मिति २०७५ चैत्र ५ र ६ गतेका दिन नेपालगञ्ज नगरीमा हुन गइरहेको सूचित गर्न पाउँदा हर्षित छौं ।

You might also like