सुनवल नगरपालिका शिल गरियो

0

भदौ २४ ।
पश्चिम नवलपरासीको सुनवलमा बुधबार एकै पटक ७ प्रहरी सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा प्रहरी युक्ति महाबिद्यालय सुनवल ११ जर्गाहा क्याम्पका २३, २४, ३१, ३२, ३३ र ३५ बर्षका पुरुष तथा २५ बर्षिय एक महिला रहेका छन् । यसैगरि वडा नं १२ मा मात्र ४, १५, ३५ र ३८, बर्षका ४ पूरुष र ३३, ३६,३६ बर्षका ३ महिला गरि ७ जनामा संक्रमण देखिएको छ । वडा नं १३ मा ३८ र ४३ बर्षका पूरुष र ५२ बर्षिय महिला तथा वडा नं ११का ७४ बर्षका पुरुष, वडा नं १० का ३२ बर्षका पुरुष, वडा नं ६ का ५२ बर्षिय महिलामा संक्रमण पुष्टि भएको सुनवल स्वास्थ्य शाखाले जनाएको छ । यसैगरि वडा नं ५ का २५ र २६ बर्षका २ पुरुष र ४० बर्षिय महिला र वडा नं। ४ का २४ र ५३ बर्षका २ पुरुष तथा २८ र ३३ बर्षिय २ महिलामा संक्रमण देखिएको छ ।
यस अघि संक्रमण पुष्टि भएकाहरुको कन्ट्राक ट्रेसिङमा परेका ७४ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकोमा आज ४० जनाको रिपोर्ट आउदा २७ जनामा पोजेटिभ देखिएको र अझै १ जनाको रिपोर्ट आउन बाकि रहेको छ । मंगलबार मात्र ३३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने मंगलबारै थप ४० जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको छ । आज जिल्लाको रामग्राम नगरपालिकामा २ जना र पाल्हीनन्दन गाउँपालिकामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । रामग्राम नगरपालिका वडा नं ११ मा रहेको हुलास अटोक्रयाफ्टमा कार्यरत सोही वडामा बस्ने वर्ष २१ र २२ का दुई जना पुरुष र पाल्हीनन्दन गाउँपालिका(३ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ३ सय १५ पुगेको छ ।
यसैबिच एकै चोटि ठुलो संख्यामा कोरोना संक्रमित थपिए संगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । आज मात्रै १८ पुरुष र ९ महिला गरि २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले आजै राति १२ वजे देख लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागी पुणर् रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।
यस समयमा सुनवल नगरपालिकाको कार्यालय, वडा कार्यालय, बैकँ तथा बित्तिय संस्थाहरु लगायत सार्वजनिक निकायबाट प्रदान गरिने सम्पुणर् सेवाहरु, व्यापार व्यवसाय र निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लगायतका सवारी साधन संचालन, सिमा नाकाबाट साना सवारी साधनमा सामान ओसारपसार गर्न निषेध गरिएको छ ।
यस अवधिमा कन्ट्याक ट्रेसिङ गरिने भएकाले अन्य स्थान वाट नगरपालिकामा प्रवेश नर्गन र नगरपालका बाट पनि अन्यत्र स्थानमा नजान नगर प्रमुख भिमबहादुर थापाले सवै नगरवासिमा आग्रह गर्नुभएको छ ।

यसैगरि कन्ट्राक ट्रेसिङ गरिएका सवै पोजेटिभ केशहरु अध्ययन गर्दा संक्रमितहरु स्थानिय र प्रादेशिक अस्पतालमा नियमति वा आकस्मिक उपचारका लागि जाने गरेको वा संक्रमितको सम्पर्कमा रहेकामा देखिएकाले सकेसम्म अस्पताल नजान र जानै परे स्वाास्थ्य सुरक्षा सम्बन्धि होसियारी अपनाएर मात्र जान नगरपालिकाले आग्रह गरेको छ । यसैगरि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नगर शिल गरिएको हुदा पालना गर्नुपर्ने स्व अनुसासन पुणर् रुपमा पालना गर्न र संक्रमणबाट जोगिने उपायहरु अबलम्बन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

You might also like