लिटिलबुद्ध ईङ्गलिस स्कुलमा स्वास्थ्य शिविर सम्पन्न
गोपीगंज – पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका २ गोपिगञ्जमा रहेको लिटिलबुद्ध ईङ्गलिस स्कुलमा विद्यार्र्थीमा देखिने मौसमी ज्वरो तथा दांत र कान सम्बनधी समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर संचालन गरिएको छ । शुक्रवार भएको शिविरमा डाक्टरहरु चम्पा चौधरी,टेकेन्द्र हरिजन, नेहल कुमार शाह र डाक्टर भानुभक्त पौडेलले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद घिमिरेका अनुसार शिविरमा विद्यालयमा अध्ययनरत ८ सय जना विद्यार्र्थीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । विद्यालयले प्रत्येक ६÷६ महिनामा स्वास्थ्य शिविर आयोजना गरि विद्यार्थीर्को स्वास्थ्य परिक्षण र परिक्षण पछि निशुल्क औषधी वितरण समेत गर्दै आएको उहाँले बताउनुभयो । त्यस्तै विद्यालयले शनिबार अभिभावकिय दायित्व र बालबालिकामा देखिएका विविध समस्या र तिनको समाधान सम्बन्धमा असल अभिभावक र आधुनिक शिक्षा विषयक एक दिने कार्यशाला गोष्ठीको समेत आयोजना गर्ने जनाएको छ ।