निषेधाज्ञा : कोरोनाबाट जोगाउन सडकमा प्रहरी, रोकिँदै सवारीसाधन (फोटो फिचर)

0

भदौ ४, २०७७ काठमाडौं :

राजधानी उपत्यकाका तीनै जिल्लामा एक हप्तासम्म निषेधाज्ञा कार्यान्वयन गराउन ठूलो संख्यामा सुरक्षाकर्मी सडक चोक तथा गल्लीहरुमा समेत परिचालन गरिएको छ। निषेधाज्ञा पालना नगर्नेलाई दण्डित गर्ने प्रशासनको चेतावनीपछि प्रहरीले नियम उल्लंघन गर्नेलाई कारबाही गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निगरानी तथा नियन्त्रण गरिएको छ । सधैं भीडभाड हुने काठमाडौंका सडकहरू अहिले सुनसान छन्।  तर जति पनि सवारीसाधन चलिरहेका छन् तिनीहरुकाे पनि चेकजाँच कडा पारिएकाे छ। स्वास्थ, सुरक्षा, पत्रकार लगायत सबैमा जसका लागि पास बनाइएकाे हाे उ बाहेकलाई हिँडडुलमा निषेध गरिएकाे छ। एम्बुलेन्समा समेत अरु मानिस बोक्ने गरेका घटना सार्वजनिक भएपछि एम्बुलेन्सको समेत छड्के जाँच गर्ने गरेको पाइएको छ ।  तस्बिरमा हेर्नुस्

Thaha khaber

You might also like