सहकारी शिक्षा कार्यक्रम सम्पन्न

0

भुताहा -ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको पंचनगर स्थित सेवाकेन्द्रमा सहकारी शिक्षा सम्पन्न भयो । कार्यक्रमका उल्लेख मात्रामा सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान को बिकास गर्ने उदेश्य अनुरुप संस्थाको शिक्षा उपसमिति संयोजक राधा ढकालको नेतृत्वमा दुई दिने सहकारी शिक्षा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा शिक्षा उपसमितिका सदस्य आनन्द पुरी र कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो भने संस्थाका बिभिन्न सेवा तथा सुबिधाका बारेमा संस्थाका बित्त तथा प्रशासन प्रमुख शुशिल पौडेलले जानकारी दिनुभएको थियो । साथै उक्त कार्यक्रममा सदस्यहरुमा रहेका गुनासा तथा भनाइहरुको सम्बोधन गर्दै संस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालले सहजीकरण गर्नुभयो । त्यस्तै सहकारीका सदस्यको अधिकार कर्तब्यका बारेमा राम्रो ज्ञान मिलेको उपस्थित सदस्यहरुको भनाई थियो ।

You might also like