नागरिकको सुरक्षा पहिलो प्राथमिकता : विश्वकर्मा

0

देवदह – प्रतिनिधि सभा सदस्य एंव पूर्वमन्त्री छविलाल विश्वकर्माले नागरिकको जीवन रक्षा अहिलेको आवश्यकता र पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । उहाँले कोराना भाईरस संक्रमणले अहिले विश्व नै भयभित अवस्थामा रहेकोले यसबबाट बच्न सवै सजग हुन पर्नेमा जोड दिनु भयो ।पूुर्व कृषि मन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले संक्रमण रोकथामको लागि स्थानीय तह बढि जिम्मेवारी भएर लाग्नु पर्नेमा जोड दिनु भयो । प्रदेश सरकार अन्र्तगत रुपन्देही जिल्ला समन्य समितिले लक डाउन र समग्र देवदहको अवस्थाको वारेमा अनुगमन गर्ने क्रममा देवदह नगरपालिकामा आयोजित विफ्रिङ्ग कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सोही अवसरमा बोल्दै प्रदेश ५, का सांसद एवं अर्थ उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले स्थानीय तहले वितरण गरेको राहत सही सदुपयोग गर्नुपर्ने जोड दिनु भयो । उहाले राहत वितरण गर्दा वास्तविक विपन्न बर्ग सम्म पुग्ने गरी नगरपालिका लाग्नु पर्नेमा जोड दिनु भयो । यसैगरी जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्माले नेपाल सरकारले गरेको लक डाउनलाई पूर्ण पालना गरेमात्र संक्रमणबाट बच्न सकिने बताउदै घरमै बस्नुको कुनै विकल्प नभएको बताउनु भयो । उहाले लक डाउनको अवस्थामा कालोबजार हुन सक्ने संभावनालाई मध्यनजर गर्दै स्थानीय तहले बजार अनुगमन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा देवदह क्षेत्रको अवस्थाको वारेमा जानकारी दिदै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण रोमथामको लागि नगरपालिकाले विभिन्न सचेतका कार्यक्रम गरेको बताउनु भयो । संक्रमणबाट रोक्नको लागि संक्रमित देश तथा भारतबाट आएकाहरुको तथ्याक संकलन गरिएको बताउनु भयो । उहाले विषम परिस्थितीको व्यवस्थापनको लागि देवदह नगरपालिकाले एक करोडको विपद् व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिनु भयो । देवदह नगरपालिकाले देवदह आदर्श बहुमुखी क्याम्पसमा २५ बेडको अस्थाई क्वारेन्टाईन निर्माण गरी संभावितहरुलाई उक्त क्वारेन्टाईनमा राखिएका जानकारी दिनु भयो । नगर प्रमुख खत्रीले लक डाउनका कारण समस्यामा परेका अतिविपन्न, विपन्न, अपाङ्ग र मजदुरलाई पहिलो चरणमा नगरपालिकाको व्यवस्थापन र दोश्रो चरणमा वडा कार्यालयको व्यवस्थापनमा राहत वितरण गरिएको बताउनु भयो । उहाले देवदह नगरपालिका भित्र रहेका करिव ४ हजार ७ सय घरपरिवारलाई राहत वितरण गरिएको बताउनु भयो । कार्यक्रममा प्रदेश ५, का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, दिपा विक, जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष पशुपति यादव, सदस्य कविराम अर्याल, जमुना लम्साल, खेमप्रसाद लुईटेल, नेपाल कम्यूनिष्ट पार्टी देवदहका अध्यक्ष प्रकाश अर्याल, नेपाली काग्रेसका सभापति गुनाखर भुर्तेल, वडाअध्यक्ष दीपक चापागाई लगायतले आ–आफना जिज्ञासा राख्नु भएको थियो । सोही अवसरमा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले स्वास्थ्यको वारेमा र प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले सुरक्षाको वारेमा प्रकाश पार्नु भएको थियो ।

You might also like