चौपत्तामा महायज्ञ हुने

0

चौपत्ता – नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ चौपत्तामा श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र जमुनिया ईकाई, ब्रहम बाबा थान र भुुपु सैनिक संघको आयोजनामा मंसिर २२ गते देखि २९ सम्म महायज्ञ संचालन हुने भएको हो । त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र जमुनिया ईकाई जमुनिया ईकाइको अगुवाईमा गाउ भेला गरी महायज्ञ लगाउने निर्णय गरिएको थियोे । भेलाले महायज्ञ संचालनका लागि कुवेर न्यौपानेको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ । जसको सह संयोजकमा क्याप्टेन मान बहादुर थापा,चम्पा देवी चौधरी विर्खबहादुर राना रहनुभएको छ । समितिको सचिवमा किसन बहादुर चौधरी सह सचिव प्रकास खनाल कोषाध्यक्ष एकनारायण न्यौपाने सहित १५ सदस्यि समिति गठन भएको थियो । महायज्ञमा संकलन भएको रकमले बैष्णुदेवी धर्मशाला भुपु सैनिक सभाहल र ब्रहमबाबा थानको संरक्षण सम्बद्र्धन गरिने बताईएको छ । महायज्ञका लागि मुल आयोजक समितिका संयोजक कुवेर न्यौपानेले २ कठ्ठा जमिन दान गर्नुभएको छ । दान गरेकै जग्गामा महायज्ञ संचालन हुने सचिव किसन बहादुर चौधरीले बताउनुभयो । मुल आयोजक समिति आवश्यकता अनुसार सदस्य थप गर्दै लेजाने र छिट्टैनै उपसमितिहरु गठन गरेर जिम्मेवारी समेत प्रदान गरिने बताईएको छ ।

You might also like