पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

0

उमेश बि.क / नवलपरासी,५ असोज

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, बिपद जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७ सर्बहमतबाट पारित भएको छ।

सभामा प्रतापपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जु चौधरी , गाउँपालिका भित्र रहेका वडाका वडा अध्यक्षहरु लगाएत ४८ जना सदस्यहरुमध्ये ४५ जना सदस्यहरु तथा संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुकाे उपस्थिती रहेको थियो । प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सहजीकरण गर्नुभएको सभामा दफाबारे छलफल भएकोकोे प्रतापपुर गाउँपालिकाका सुचना अधिकारीले जानकारी दिनुभयो ।

You might also like