नेता रिमालको निवासमा बंम राखिएको प्रति क्रान्तिकारी माओवादीले निन्दा ग¥यो

0


नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले जिल्ला समिति सदस्य प्रेम रिमालको निवासमा बंम राखेको प्रति निन्दा गर्दै दोषी उपर प्रशासनले कारवाही नगरे कडा संर्घषमा उत्रिने चेतावनी दिएको छ । सुनवल नगरपालिका ३ आसामवासीस्थित रिमालको घरमा फागुन २५ गते राति अज्ञात समुहले बंम राखेको प्रति क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले बिज्ञप्ति जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको हो । त्यस्तै बिज्ञप्तिमा – क्रान्तिकारी माओवादी प्रति जनसर्मथन बृद्धि भएको सन्र्दभमा गरिएको यस हर्कत क्रान्तिकारी माओवादीसंग बैचारिक संर्घष गर्न नसक्ने तत्वबाट भएको र यस किसिमको गैरराजनैतिक हर्कतको हाम्रो पार्टी घोर निन्दा एंवम भत्र्सना गर्दछ – भनिएको छ । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले आइतवार जारी गरेको बिज्ञप्तिमा – घटनामा संलग्नलाई छानविन गरि दोषी उपर कारवाही गर्न प्रशासन संग माग गर्दै दोषी उपर कारवाही नभए कडा संर्घषमा उत्रने चेतावनी समेत दिइएकोछ । रिमाल २०७४ सालको निर्वाचनमा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाबाट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार समेत रहनुभएको थियो ।

You might also like