बर्दघाट–१२ द्वारा कोरोना बिरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी सम्मानित

0

नवलपरासी २२ असोज – बर्दघाट नगरपालिका वडा नम्बर १२ को आयोजनामा कोभिड महामारी बिरुद्धको लडाईमा खट्ने स्वास्थ्यकर्मी सहित बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । वडाले एक कार्यक्रम आयोजना गरी बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली जनस्वास्थ्य अधिकृत होमप्रसाद पाण्डे र जनस्वास्थ्य निरिक्षक गोपाल पाण्डेलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख मायादेवी पौडेलले कोभिड महामारी बिरुद्धको लडाईमा सबै एकजुट भएर लाग्नुपर्ने भन्दै कोभिडबाट नगरवासीलाई जोगाउन स्वास्थ्यकर्मीहरुले गरेको भुमिकाको प्रसंशा गर्नुभयो ।
सो अवसरमा सम्मानित ब्यक्तित्वको तर्फबाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले कोरोना महामारीमा खटेवापत वडाले सम्मान गरेर समग्र स्वासथ्यकर्मीहरुको हौसल बढाएको बताउनुभयो । कार्यक्रममा क्वारेन्टाइनमा सुरक्षागार्ड तथा भान्छेको रुपमा कार्यरत ब्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्लको अध्यक्षतामा भएको थियो ।

You might also like