जिल्ला सम्मेलन तयारीका लागि सदस्यता वितरण तीब्र बनाउदै रा.ज.मो

0

नवलपरासी : राष्टिय जनमोर्चाले जिल्ला तयारी स्वरुप सदस्यता वितरण तथा नवीकरण तीब्र बनाएको छ । राजमोले पश्चिम नवलपरासीको जिल्ला सम्मेलनको तयारी स्वरुप सदस्यता वितरण तीब्र बनाएको हो । रा.ज.मो नेकपा मसालको बैद्यानिक मोर्चा हो । सोही क्रममा राष्टिय जनमोर्चा बर्दघाट नगर कमिटीले समेत सदस्यता वितरणलाई तीब्र बनाउदै जिल्ला सम्मेलनको तयारीमा जुटेको बताएको छ । राजमो बर्दघाट नगर अध्यक्ष शोभाकान्त लामिछानेले जिल्ला सम्मेलन तयारी स्वरुप सदस्यता वितरण तीब्र बनाएको जानकारी दिनुभयो । राजमो जिल्ला सदस्य समेत रहेका लामिछानेका अनुसार चैत्र ३० गते बर्दघाट ७ जिमिरेभारमा हुने भएको छ ।

You might also like