बर्दघाटमा एक बालक सहित १० जनामा कोरोना पुष्टि

0

बिकास अधिकारी 

साउन ०४ । पश्चिम नवलपरासीको बर्दघाटमा १० जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा एक बालक सहित १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा बर्दघाट ४ का २८ र ४६ वर्ष, वडा नम्बर ७ का ३६ वर्ष, वडा नम्बर १२ का २६ वर्ष, वडा नमबर १३ का ३० वर्ष, वडा नम्बर २ का ४५ र ५८ वर्ष, वडा नम्बर १४ का ५६ वर्ष र १५ का ४० वर्षीय पुरुषहरु सहित वडा नम्बर १३ का एक वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको हो ।

पश्चिम नवलपरासीमा यससँगै कोरोना संक्रमितको संङ्ख्या १ सय १७ पुगेको छ भने बर्दघाटमा मात्रै हाल सम्म २२ जना संक्रमित भेटिएका छन् । संक्रमण पुष्टि भएका सबै क्वारेन्टाईनमा थिए । उनीहरु भारतबाट आएर क्वारेन्टाईनमा बसेको बताईएको छ ।

radio parasi

You might also like