पाल्हीनन्दन गाउपालिकामा ११ संक्रमित पुगे

0

नवलपरासी २५ जेठ – सिमावर्ती पाल्हीनन्दन गाँउपालिकाकोरोना संक्रमितको संख्या ११ पुगेको छ । पाल्हीनन्दन – १ का बाबु छोरीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकामा संक्रमितको संख्या ११ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालका अनुसार संक्रमण हुनेमा ३३ वर्षिय पुरुष र उनकी ७ वर्षिय छोरी रहेका छन् । उनीहरुर्को आरडिटि परिक्षणमा पोजेटिभ देखिएको थियो ।
त्यसपछि स्वाब संकलन गरि परिक्षणका लागि भैरहवा स्थित प्रादेशिक प्रयोगशालमा पठाईएकोमा आईतवार पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।
दुवै जना केही दिन अघि भारत बाट आएका थिए । उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको माथिल्लो तलामा राखिने छ । यसअघि पाल्हीनन्दनमा संक्रमण पुष्टि भएका ९ जनालाई पनि त्यहि राखिएको छ । यो संगै पश्चिम नवलपरासीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

You might also like