अत्यावश्यक औषधि सेवनकर्ता लाई सेवामा सहजीकरण गर्दै स्वास्थ्यकर्मी

0

बर्दघाट १२ बैशाख : बर्दघाट नगरपालिका  स्वास्थ्य शाखाले अत्यावश्यक  औषधि सेवन कर्ता नगरवासीलाई औषधि  ल्याएर सेवा प्रदान गरेको छ । शाखामा सम्पर्क गर्ने त्यस्ता बिरामी र तिनका परिवारलाई यस्तो सेवा दिदै आएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य अधिकृत माधव ज्ञवालीले बताउनुभयो । स्थानिय बजारमा नपाईने औषधि बुटवल र नारायनघाटको बजारमा पाइने भएकोले लकडाउनको कारणले खरिद गर्न जान असमर्थ भएका ४ सय जना लाई सेवा दिइएको उहाँले जानकारी दिनुभयो । यो सेवा लिनेहरुले शाखा सम्पर्क गर्न सक्नु हुनेछ – उहाँले भन्नुभयो । औषधि खरिदका लागि लाग्ने रुपैया लिएर शाखामा आउने नगरवासीहरुलाई उक्त सेवाका लागि सहजिकरण गरिएको हो । लकडाउनको कारण औसधि लिन जाने झन्झट बेहोर्नु परेका धेरै सेवाग्राही यो सेवाबाट लाभान्वित भएका छन ।

You might also like